arrow

आठ सय ६३ मेट्रिकटन आलु उत्पादन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
potato-damage-81-6-21-(11).jpg

तनहुँ । आलु प्रवर्दन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा आठ सय ६३ मेट्रिकटन आलु उत्पादन भएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो । 

कृषक समूह र सहकारीमार्फत क्लष्टरमा आलुखेती गरिएको कार्यालय प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए । 

एउटा क्लष्टरमा कम्तीमा ३० रोपनी क्षेत्रफलमा आलु खेती गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रमका लागि रु ९३ लाख ३० हजार बजेट विनियोजन गरिएको उनले बताए । यसका लागि प्रति समूहलाई ८० क्विन्टल किलो आलुको बीउ उपलब्ध गराइएको थियो । 

कार्यालय प्रमुख लामिछानेका अनुसार किसानलाई जनकदेव, एमएस र काडिनल जातको आलुको बीउ ७५ प्रतिशत अनुदानमा प्रदान गरिएको थियो ।

उनीहरुलाई खेती गर्न विभिन्न उपकरण समेत उपलब्ध गराएको उनले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ