arrow

छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
achham-map.png

अछाम। छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने अन्य एक जना घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख ओमप्रकाश खनालका अनुसार, पञ्चदेवल विनायक नगरपालिका–८, सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ का ७ वर्षीया कविता भण्डारीको घटनास्थलममै मृत्यु भएको हो। कविता आफ्नी आमासँग छाउगोठमा सुतिरहेको बेला ढुङ्गा खसेको थियो।

घटनामा घाइते भएकी कविताकी आमालाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पठाइएको छ। घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक टेकबहादुर देउवाको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ