arrow

अछाम आगलागी

सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप

आगलागीमा २७ वटा घर खरानी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २७ बुधबार
fire-final.jpeg

अछाम । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । 

मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । 

अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ