arrow

राष्ट्रिय सभामा अर्थमन्त्रीसँग प्रश्नोत्तर र विधेयकमाथि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १३ शुक्रबार
upper-house-20.jpg

काठमाडौं। राष्ट्रिय सभाको बैठक आज (शुक्रबार) दिउँसो १:१५ बजे बस्दैछ। बैठकको सुरुवात अर्थमन्त्री विष्णु पौडेलसँग मौखिक प्रश्नोत्तरबाट हुनेछ, जहाँ मन्त्रीले सांसदहरूका प्रश्नको जवाफ दिनेछन्।

बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नेछिन्।

साथै, राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ सम्बन्धी सन्देश टेबल गर्ने कार्यसूची रहेको छ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ