-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
जुम्ला। सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यो सडक खण्ड कालीकोटको कालेखोलामा गए राति भासिएको हो।
सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले सडक मर्मतका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिसकेको जानकारी दिएका छन्।
मर्मत कार्य पूरा हुन केही समय लाग्ने भएकाले उनले वैकल्पिक बाटो प्रयोग गर्न सबैलाई अनुरोध गरेका छन्।