दुई भ्यान एकआपसमा ठोक्किँदा चालकको मृत्यु, एकै परिवारका चार जना घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
571
Shares
झापा। झापाको कनकाई नगरपालिका–८, बिरिङ पुल नजिकै गए राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, पूर्वपश्चिम राजमार्गमा विपरीत दिशाबाट आइरहेका दुई वटा भ्यान एकआपसमा ठोक्किँदा मे १ च ५४४६ नम्बरको भ्यानका चालक २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो।
दुर्घटनामा अर्को मारुती भ्यानमा सवार एकै परिवारका पृथ्वीनाथ साह (४०), उनकी पत्नी पुनमदेवी (३७), छोरा प्रसन्न (१४) र छोरी प्रिन्सा (९) घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले दुर्घटनामा संलग्न अर्को पिकअप भ्यान र त्यसका चालक सुमन पौडेल (२४) लाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।