arrow

मिथिलाञ्चलमा मनाइयो चौठचन्द्र (चौरचन) पर्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
chautha-chandra-janakpur.jpg

जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रका महिलाले परम्परागत श्रद्धा र विश्वासका साथ चौठचन्द्र (चौरचन) पर्व मनाएका छन् ।

यस पर्वमा विवाहित मिथिलानी महिलाले आफ्नो सन्तानको दीर्घायु, स्वास्थ्य र परिवारको सुख-समृद्धिका लागि व्रत बस्ने गर्छन् ।

परम्पराअनुसार महिलाहरू दिनभर निराहार रही बेलुकी चन्द्रमा उदाएपछि पूजा-अर्चना गरी अघ्र्य अर्पण गर्छन् ।

मान्यता अनुसार चौठचन्द्रको व्रतले सन्तानलाई रोग-व्याधिबाट रक्षा गर्ने र घरमा शान्ति-समृद्धि ल्याउने विश्वास छ ।

आजको दिन मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरू समूहगत रूपमा भेला भई कथा सुन्ने, गीत गाउने र धार्मिक क्रियाकलापमा सहभागी हुने परम्परा अझै जीवित रहेको छ ।

केही स्थानमा यस पर्वलाई गणेश चतुर्थीसँग पनि जोडेर पूजा गर्ने चलन छ ।

सन्तानको कल्याण र मातृभक्तिले भरिएको यो पर्वले सांस्कृतिक ऐक्यबद्धता र सामुदायिक मेलमिलापलाई समेत सुदृढ बनाउने विश्वास गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ