arrow

कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा ईश्वरीदेवीलाई उम्मेदवार बनाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
iswaridevi-neupane-06-03.jpg

काठमाडौं। नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा सांसद ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको शीर्ष नेताहरूको बैठकले यो निर्णय गरेको हो। बैठकमा उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ, साथै महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माको उपस्थिति थियो।

संसद सचिवालयका अनुसार, रिक्त सभापति पदका लागि भदौ ११ गते निर्वाचन हुनेछ। उम्मेदवार मनोनयनको समय आज दिउँसो १ बजेदेखि ४ बजेसम्म तोकिएको छ। कांग्रेसका तत्कालीन सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि यो पद रिक्त भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ