arrow

बुढीगंगामा माछा मार्ने क्रममा बगेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
bajura-district.png

बाजुरा । बाजुरामा नदीमा बगेर एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बडीमालिका नगरपालिका-२ का अन्दाजी २२ वर्षीय हिमाल महत छन् । 

माछा मार्न गएका महतको बुढीगंगा नदीमा बगरेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माछा मार्न गएका महत बेलुकीसम्म पनि घर नफर्किपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खबर पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टोलीले खोजी गर्दा उनको शव फेला परेको प्रहरी नायव उपरीक्षक (डीएसपी) ईकवाल हवारीले बताए ।

उनका अनुसार, मृतक महतको शव बगाएको ठाउँबाट करिब तीन किलोमिटर तल बिरेखोला नजिकै फेला परेको बताएका छन् । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ