arrow

हराए ढिकी, जाँतो र पानीघट्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
Pani Ghatta.jpg

बाजुरा । पछिल्लो समय जिल्लामा परम्परागत पानीघट्ट संकटमा पर्दै गएका छन् । प्रविधिको विकास भएसंगै परम्परागत पानीघट्ट हराउदै जान थालेका हुन् । गाउँघरमा पिसानी सहज गर्नका लागी बनाइएका पानीको सहायताले चल्ने घट्टहरु अहिले लोप हुँदै गएका छन् । 

मानिसहरु बिलासी जीवनमा निर्भर भएका कारण प्रविधिको सहायताले कुटानी पिसानी गर्न थालेपछि यस्ता प्रविधि हराउन थालेका हुन् । पहिलेको जस्तो आजभोलि गाउँघरतिर पानीघट्ट देखिन छाडेका छन्  । विभिन्न विद्युतीय सामग्री आउन थालेपछि यस्ता खालका परम्परागत प्रविधिहरु लोपोन्मुख अवस्थामा छन् ।

प्रविधिको विकाससँगै विभिन्न यन्त्र उपकण आएसँगै मानिसले झन्झट मानेर मिलमा अन्न कुटानी पिसानी गर्न थालेपछि यस्ता प्रविधिको अस्तित्व संकटमा पर्दै गएको बडीमालिका नगरपालिका वडा नं७ का घट्ट चालक कञ्जरे लुहारले बताए ।

पानी घट्टमा मेहेनत धेरै लाग्ने तर प्रविधिले बनाएका यन्त्रमा छिटोछरितो हुुने हुँदा मानिसहरु कुटानी, पिसानीको लागि मिलकै भर पर्ने भएकाले पछिल्लो समय पानी घट्ट लोप हँुदै गएको उनको भनाइ छ ।

गाउँ घरतिर धेरै घट्ट सञ्चालनमा रहे पनि विस्तारै प्रविधिको भर पर्दा बनाइएका घट्टहरु पनि संकटमा पर्न थालेको अर्का स्थानीय आदीचन्द्र पाध्याले बताए । प्रविधिको विकासले पानीघट्ट मात्रै नभई ढिकी, जातोलगायतका अन्य निगालोबाट बन्ने प्रविधिहरु पनि बिस्तारै हराउन थालेको पाध्याको भनाइ छ ।

पानीघट्टले पिसेकोे पिठोको परिकार खाँदा शरिर पनि हस्टपुष्ट हुने, तागत लाग्नुका साथै घट्टमा पिसेको अन्नको ढिँडो निकै राम्रो मानिन्थ्यो तर अहिले सबै विद्युतीय मिलको भर पर्ने हुँदा परम्परागत प्रविधि लोपन्मुख भएको प्रती पुर्खाहरुको चिन्ताको बिषय बनेको छ ।

प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा अन्न पिस्न छिटो हुने, पानीघट्टमा जस्तो मेहेनत नलाग्ने भएकाले पानी घट्टप्रतिको आकर्षण घट्दै गएको हो ।

जिल्लाका नाै वटै पालिकामा प्रविधियुक्त मिल सञ्चालन भएपछि पानीघट्ट लोप भएका छन् । परम्परागत सीप झल्किने पानी घट्ट लोप हुँदै जादा यिनीहरुको अस्तित्व संकटमा परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ