आवधिक निर्वाचन समयमै गर्न कसैले दायाँबायाँ गर्न सक्दैन: गगन थापा [भिडियो]
निर्वाचन आयोगले पेस गरेका कुराहरू हटाएर ल्याउन सक्ने सम्भावना औँल्याउँदै सबैलाई चनाखो रहन आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
866
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा आवधिक निर्वाचन समयमै हुने कुरामा कसैले पनि दायाँबायाँ गर्न नसक्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले दक्षिण एसियाका धेरै देशमा समयमै निर्वाचन नहुने गरे पनि नेपालमा भने यो प्रक्रिया सुदृढ रहेको बताए।
थापाले निर्वाचनसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा सरकारले निर्वाचन आयोगले पेस गरेका कुराहरू हटाएर ल्याउन सक्ने सम्भावना औँल्याउँदै सबैलाई चनाखो रहन आग्रह गरे। उनले भने, "सरकारको तर्फबाट विधेयकको रूपमा आउँदा अहिले आएका कतिपय कुराहरू हटेर आउनसक्छ, यसमा ख्याल गर्नुपर्छ।" यद्यपि, संसदबाट फेरि थपेर पठाउन सकिने उनले बताए।
महामन्त्री थापाले निर्वाचनमा उम्मेदवार छनोट गर्ने अधिकार सम्बन्धित ठाउँकै पार्टी सदस्यले पाउनु राम्रो भएको धारणा राखे। उनले मतदाता शिक्षा नागरिकमाझ विस्तार गर्न जरुरी रहेकोमा पनि जोड दिए।