arrow

नामको लोकतन्त्रले देश विकास हुँदैन: सुरेन्द्र पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
surendra-pandey.jpg

काठमाडौँ। नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नाम मात्रको लोकतन्त्रले देश विकास नहुने बताएका छन्। उनले देशको विकास नेतृत्वको क्षमतामा निर्भर रहने उल्लेख गर्दै कतिपय देशमा तानाशाही शासनबाट पनि विकास भएको उदाहरण दिए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, "लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्नुहुँदैन। दक्षिण कोरियामा तानाशाही शासनबाटै देश परिवर्तन भएको थियो।" उनले संसारमा यस विषयमा एउटै अनुभव नरहेको बताए।

उपाध्यक्ष पाण्डेले कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको भन्दै त्यसका विरुद्ध सङ्घर्ष चलिरहेको बताए। उनले 'पीडितको जमघट' ले समाज परिवर्तन गर्न नसकिने टिप्पणी गरे।

उनले देशलाई नयाँ दिशामा अगाडि बढाउन युवाहरूबीच गएर बहस र सङ्गठन निर्माण गर्नुपर्नेमा जोड दिए। साथै, उनले विश्वविद्यालयहरू पहिले असल नेता निर्माण गर्ने केन्द्र रहेकोमा अहिलेका युवा नेताहरूलाई देखेर मानिसहरू भाग्ने गरेको भन्दै चिन्ता व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ