arrow

बिजुलीको खम्बाबाट तार जोडेर माछा मार्ने क्रममा करेन्ट लाग्दा पङ्कजको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ७ शनिबार
current-hanga.jpg

झापा । झापाको कनकाइ नगरपालिकामा करेन्ट लागेर शनिबार एक युवकको ज्यान गएको छ । मृत्यु हुनेमा कनकाइ नगरपालिका वडा नं १ खहरे खोलाका ३७ वर्षीय पङ्कज माझी छन् ।

बिजुलीको खम्बाबाट तार जोडेर करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक (प्रनाउ) विजय श्रेष्ठले जानकारी दिए ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ