विद्यालाई केपीले भने- कर्मचारी झुक्याएर रसिद लिने, नविकरण गर्न सदस्य हुनुपरेन
पूर्वराष्ट्रपति भण्डारीको एमाले सदस्यता नरहेको ओलीको भनाइ
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
955
Shares
काठमाडौँ। प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता एमालेमा नरहेको स्पष्ट पारेका छन्। च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भण्डारीले राष्ट्रपति बन्ने बेलामै सदस्यता त्याग गरेको बताए।
ओलीका अनुसार, राष्ट्रपति पदबाट फर्किएपछि भण्डारीले पार्टी सदस्यता नवीकरणका लागि अहिलेसम्म निवेदन दिएकी छैनन्। उनले कर्मचारीलाई झुक्याएर सदस्यताको रसिद काटेर मात्रै पार्टी सदस्य नबनिने बताए। ओलीले थपे, "छोडेको सदस्यता नवीकरण हुँदैन, भइरहेको सदस्यता मात्रै नवीकरण हुन्छ। तपाईंलाई सदस्यता नै चाहिएको थियो भने राष्ट्रपति बन्न जानु हुँदैनथ्यो।"
उनले पार्टीले दुईपटक राष्ट्रपति बनाएको व्यक्ति फर्किएर पार्टीमा समस्या खडा गर्छ भन्ने कुराको कल्पना पनि नगरेको बताए। ओलीले भण्डारीमाथि पार्टीबाट चुनाव हारेका व्यक्तिहरू भेला गरेर हिँडेको आरोप पनि लगाए।
विद्यालाई केपीले भने- कर्मचारी झुक्याएर रसिद लिने, नविकरण गर्न सदस्य हुनुपरेन