काठमाडौँ । प्रतिनिधि सभा बैठक बसिरहेको छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नोत्तर र महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल हुने कार्यसूची रहेको छ।
बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने मुख्य कार्यसूची रहेको छ। साथै, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
यसैगरी, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आ-आफ्ना मन्त्रालयसँग सम्बन्धित विधेयकहरूलाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।