arrow

राष्ट्र बैंकले दुई अर्ब ७७ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको दुई अर्ब ७७ करोड ६७ लाख रुपैयाँ बैंकहरूको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। केन्द्रीय बैंकले यसका लागि भदौ ८ गते मध्यरातसम्ममा ब्याजदर प्रस्ताव गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आह्वान गरेको छ।

राष्ट्र बैंकको योजनाअनुसार, लगानी गरिने कुल रकममध्ये २ अर्ब २२ करोड १४ लाख रुपैयाँ वाणिज्य बैंकहरूमा, ४१ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकहरूमा र १३ करोड ८८ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीहरूमा राखिनेछ। यो लगानी भदौ २६ गते देखि ३६६ दिन को अवधिका लागि हुनेछ।

प्रस्ताव पेश गर्न चाहने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकले तोकेका केही विशेष शर्तहरू पूरा गर्नुपर्नेछ। यी शर्तहरूमा बैंकको न्यूनतम पुँजीको अनुपात, निष्क्रिय कर्जा अनुपात, खुद तरल सम्पत्ति अनुपात र कर्जा निक्षेपको अनुपात तोकिएको सीमाभित्र हुनुपर्नेछ। साथै, संस्था निकटतम अघिल्लो आर्थिक वर्षमा खुद नाफा मा रहेको हुनुपर्छ।

यदि कुनै वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, त्यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्नेछ। यस्तै, नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा नभएको वा घोषणा भएको भए कारबाही फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ