arrow

हेटौँडाले साउनमा उठायो साढे ३ करोड राजस्व

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
hetauda_sub_metro.png

बागमती। हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ३ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो राजस्व गत वर्षको सोही अवधिको तुलनामा १ करोड रुपैयाँले कम हो।

राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार, सङ्कलन भएको कुल राजस्वमा सबैभन्दा धेरै पूर्वाधार सेवा उपयोग बापत १ करोड ३३ लाख रुपैयाँ, घरबहाल करबाट ६५ लाख रुपैयाँ र सम्पत्ति करबाट ४५ लाख रुपैयाँ उठेको छ।

गत वर्षको साउन महिनामा उपमहानगरपालिकाले विभिन्न शीर्षकबाट कुल ४ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ