कम्पनी ऐनअनुसार चल्न दिन माग गर्दै निजी विद्यालयका सञ्चालकहरू सडकमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
639
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । पाँच बुँदे माग राख्दै निजी विद्यालयका सञ्चालकहरू सडकमा उत्रिएका छन् । उनीहरू बिहीबारदेखि सडक आन्दोलनमा उत्रेका हुन् । उनीहरू पनि संघीय राजधानी काठमाडौँको माइतीघरलाई आन्दोलनको केन्द्र बनाउन पुगेका छन् ।
उनीहरूले ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्द हटाइनु पर्ने, विद्यालयहरूमा उत्पादन नहुने सामग्रीहरू जस्तै पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना–खाजा उपलब्ध गराउने प्रावधान खारेज गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउँदै लगिने भन्ने प्रावधान हटाइनु पर्ने तथा छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने, पालिका प्रतिनिधिको सहभागितामा एक पारदर्शी समिति गठन गरी वितरण गर्न सकिने व्यवस्था गरिनुपर्ने माग रहेको छ ।
पाँचौँ मागमा छात्रवृत्ति सम्बन्धी ऐन, २०२१ को दफा ३ (क), नियमावली, २०६० को नियम १० (क) मा ४५ प्रतिशत आरक्षण छात्रवृत्ति व्यवस्था तथा २०७७ को संशोधन ऐन अन्तर्गतको विभेदकारी प्रावधान–जसअनुसार केवल कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेकाले मात्र उच्च शिक्षामा, सीटीईभीटी कार्यक्रम अन्तर्गत अध्ययन गर्न पाउने व्यवस्थामा भएको विभेदकारी ऐन नियमका दफाहरू खारेज गरिनु पर्ने रहेको छ ।