arrow

सङ्खुवासभामा डेंगीविरुद्ध चेतनामूलक अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
dengue--ji-ha.jpeg

सङ्खुवासभा । हिमाली जिल्ला सङ्खुवासभामा पनि डेंगीको जोखिम बढेसँगै आज ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित एक चेतनामूलक अभियान सञ्चालन गरिएको छ। यो अभियान स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा भएको हो।

अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब र विभिन्न सङ्घसंस्थाहरूको सहभागिता थियो। सहभागीहरूले टोलको सरसफाइ गर्ने, झाडी फाँड्ने र पानी जमेका भाँडाहरू खाली गर्ने काम गरे। यसैगरी, उनीहरूले समुदायमा डेंगीका लक्षण र रोकथामका उपायहरूबारे जानकारी दिँदै पर्चाहरू पनि वितरण गरेका थिए।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेंगी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौ महिनामा मात्रै ७८ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार डेंगी सार्ने एडिस एजिप्टी जातको लामखुट्टेले सफा पानीमा फुल पार्ने गर्छ र यो बिहान र बेलुका बढी सक्रिय हुन्छ। यसको रोकथामका लागि घर वरपर पानी जम्न नदिने र नियमित सरसफाइ गर्ने नै मुख्य उपाय भएको उनीहरूले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ