arrow

खुल्यो तुम्लिङटार विमानस्थल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन ४ सोमबार
nepal-airlines-twinator-plane.jpg

काठमाडौँ । प्रतिकूल मौसमका कारण विगत १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि पुनः सञ्चालनमा आएको छ। मौसममा सुधार आएपछि काठमाडौँ-तुम्लिङटार उडान पुनः सुरु भएको हो।

नागरिक उड्डयन कार्यालयका प्रमुख नवराज दाहालले आजदेखि उडान सेवा पुनः सञ्चालन भएको जानकारी दिए। बाक्लो तुवाँलोका कारण 'भिजिबिलिटी' (दृश्य क्षमता) कम हुँदा १० दिनदेखि हवाई सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो। 

यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीहरूले नियमित सेवा प्रदान गर्दै आएका छन्। उडान सुरु भएसँगै लामो समयदेखि रोकिएका यात्रुहरूलाई सहज भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ