arrow

तस्करहरूको स्वर्गभूमि बन्दै गएको मधेस प्रहरी प्रशासनको दुहुनो गाई

logo
दीपेन्द्र चौहान,
प्रकाशित २०८२ भदौ ४ बुधबार
madhes-pradesh.jpg

वीरगञ्ज । तस्करहरूको स्वर्गभूमि बन्दै गएको मधेस प्रदेश प्रहरी प्रशासनका उच्च पदस्थ अधिकारीहरूको दुहुनो गाई बनेको छ। मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमाप्रसाद चतुर्वेदीले आफ्ना मातहतका जिल्लाहरूको निरीक्षणको क्रममा मिडिया र सोसल मिडियामा कडा निर्देशन दिने तर व्यवहारमा उल्टो काम गर्ने गरेको हाम्रो अनुसन्धानबाट खुलेको छ।

सप्तरी र सिराहा जिल्लाका तस्करसँग महिनावारी असुल्न असई रामचन्द्र  यादवलाई जिम्मेवारी दिइएको स्रोतको दाबी छ । जनकपुरधामबाट लाइन चलाएर महिनाबारी उठाउने जिम्मा प्रहरी निरीक्षक विक्रम साहलाई दिइएको स्रोत बताउँछ ।

प्रहरी उच्च स्रोतका अनुसार महोत्तरी जिल्लामा असुलीको लागि मकवानपुर दंगा प्रहरी दरबन्दीमा रहेका प्रहरी हवल्दार धर्मेन्द्र यादवलाई जिम्मेवारी दिइएको छ। सर्लाही जिल्लामा अहिले ऐतिहासिक तस्करीको लाइन खुलेको छ । 

सर्लाही जिल्लामा असई रामपरवेश यादवलाई जिम्मेवारी दिइएको छ। यादव तत्कालीन आईजीपी दीपक थापा चितवन जिल्लाको प्रहरी उपरीक्षक हुँदा घुमुवा बसेका थिए । 

सर्लाहीमा भक्तपुर ठिमी दरबन्दी भएका रन्जेश पटेल, सिराहा दरबन्दी भएका वरिष्ठ हबल्दार राम यादव र ढल्के दंगा नियन्त्रणमा दरबन्दी भएका शशी रन्जन पाण्डेलाई सर्लाहीको ईप्रका बरहथवामा राखी घुमुवा खटाइएको छ। उनीहरू दिनभर असुलीमा व्यस्त रहने गरेका छन्।

रौतहटको जिम्मा जिल्ला प्रहरी कार्यालय गौरमा कार्यरत प्रहरी निरीक्षक सरोज डल्लाकोटी र हबल्दार राजु गुप्तालाई दिइएको छ। 

बारा जिल्लाको जिम्मेवारी मुशहरवा प्रहरी चौकीका असई अजय पटेल र हवल्दार उमेश यादवले पाएका छन् । पर्साको कमान प्रहरी जवान निरज सिंहले सम्हालेका छन् ।

बडादशैँ र तिहारको पूर्वसन्ध्यामा भारतबाट पटाका, चिनी, मीठा, सखर, काजु, किसमिस, ड्राइ फ्रुट, किराना सामान, हार्डवेयर, इलेक्ट्रोनिक्स, मोबाइल र कपडा निर्वाध अवैध रूपमा भित्रिँदै छ । 

त्यसैगरी नेपालबाट भारततर्फ स्याउ, मकै, काँक्रोको बीउ, कवाड र भारतको हिन्दूस्तान लिभरले उत्पादन गर्ने कस्मेटिकका चिनियाँ निर्मित नक्कली सामानहरू अबैध रूपमा बोर्डरमा खट्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग मिलेर निर्यात भइरहेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ