arrow

गौरमा छुरा प्रहार गरी एक युवकको हत्या, एक पक्राउ

logo
दिपु मिश्र
प्रकाशित २०८२ भदौ ४ बुधबार
murder-case-rautahot.jpg

रौतहट । रौतहटको गौरमा बुधबार दिउँसो एक युवकको हत्या भएको छ ।

मृत्यु हुनेमा रौतहटको यमुनामाई गाउँपालिका वडा नं ५ का अन्दाजी २२ वर्षीय सहाबुद्दिन मिया छन् । 

छुरा प्रहारबाट गम्भीर घाइते भएका मियालाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।

गौर नगरपालिका वडा नं ५ स्थित गौरीशंकर कलेज अगाडि उनीमाथि छुरा प्रहार भएको थियो ।

सोही घटनामा संलग्न भएको आशंकामा गौर-३ का सनोज रामलाई नियन्त्रणमा लिइएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ