arrow

नाडा अटो शोमा टाटाको शानदार उपस्थिति, २७ लाखदेखि एक करोड ३२ लाख सम्मका गाडी [४३ तस्बिरमा]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
tata.ev-dipak-dipa.jpg

काठमाडौँ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा मंगलबारबाट १७ औँ संस्करणको नाडा अटो शो २०२५ शुरू भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा शुरू भएको नाडा शोको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । 

सोसँगै सहभागीबीच गाडी बेच्नका लागि तछाडमछाड भइरहेको छ । नाडाका अध्यक्ष करण चौधरीका अनुसार ४० प्रतिशत गाडी यही नाडा शो मै बिक्री हुने दाबीसमेत गरेका छन् । 

उनको भनाइलाई सार्थक पार्दै टाटा मोटर्सले शानदार शुरूआत गरेको छ । टाटा.ईभीको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता  सिप्रदी ट्रेडिंग प्रालि यस पटक विशेष तयारीसहित सहभागी भएको हो । स्टल ए४मा अवस्थित टाटाको डिस्प्लेमा टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय गाडीहरू प्रदर्शन भएका छन् । 

सिप्रदीका सेल्स हेड निर्मल खत्रीका अनुसार यसपालिको सबैभन्दा आकर्षण भनेको नै सफारी हो । उक्त सफारी गाडीसँगै नयाँ गाडी कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले संयुक्त रूपमा लन्च गरे । 

सेल्स हेड खत्रीले जस्तासुकै ग्राहकलाई समेट्ने गरी २७ लाख ५० हजारदेखि एक करोड ३२ लाख रुपैयाँसम्मका गाडी नाडा शोमा राखिएको बताए । 

आठओटा गाडी राखिएकामा चार ओटा ईभी हुन् भने चार ओटा पेट्रोलबाट चल्ने हुन् । 

प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहारहरू उपलब्धसमेत गराएको छ। नाडा शोमा गाडी किन्नेलाई तीन वर्षसम्म मर्मत निःशुल्क गरिने छ । 

त्यस्तै सडकको कर पनि तिरिदिने नीति कम्पनीले लिएको खत्रीले बताए । त्यस्तै ईभी चार्जिङमा आठ वर्षसम्म वा १ लाख ६० हजार किलोमिटरसम्म निःशुल्क सुविधा दिइनेसमेत भएको छ । 

सो नाडा शोको पहिलो दिन पहिलो कार किनेकी गीता लामालाई आजीवन चार्जिङको सुबिधा दिइएको सिप्रदीले जनाएको छ । उनलाई दीपकराज गिरी र दीपाश्री निरौलाले गाडीको चाबी हस्तान्तरण गरे ।  

के छ गाडीहरूको विशेषता ? 
२०२५ टियागो.ईभीमा समुच्च सुरक्षाको लागि दुईओटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, र हिल होल्ड कन्ट्रोलको व्यवस्था गरेको छ। कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल, र अटोमेटिक एक्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरूले एक विल्कुलै आरामदायी यात्राको अनुभव प्रदान गर्छ।

यसैगरी पन्च इभीमा  भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा र लेदर रेटेड भेन्टिलेटेड सिटसहितका विशेषताहरू रहेका छन्। साथै, ६ वटा एयरब्याग, वायरलेस चार्जर, र वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले जस्ता उच्च प्रविधि र सुविधा उपलब्ध छन्। यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ भने यसले (बीएनसीएपी) मा ५ स्टार सेफ्टी रेटिङ पाएको बताइएको छ।

साथै टाटा नेक्सन के३ इभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६०–डिग्री क्यामेरा, १२–इन्च टचस्क्रिन जस्ता विशेषताहरू रहेका छन् । यसले नेपाली भौगोलिक अवस्था अनुरूप सहज यात्रा दिने विश्वास गरिएको छ।

यसैगरी, कर्भ ईभीमा ५५ किलोवाट आवरको ब्याट्री प्याक र ९८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ। ५०० लिटरको बुटस्पेस र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स भएकोले नेपाली बाटोमा सजिलै आरामदायी यात्रा गर्न सकिनेछ। 

यसमा एडिएएस लेभल २ को क्षमता रहेको छ, जसमा ६ वटा एयरब्याग, अल–ह्वील डिस्कब्रेक, अटोहोल्ड, हिलस्टार्ट डिसेन्ट असिस्ट, ३६० डिग्री क्यामेरा, आइ–भीबीएससहितको इएसपी रहेको कर्भ.ईभीले सुरक्षा र आराम दुवैको स्तरलाई बढाउँछ। 

गाडीमा ३१.२४ सेन्टिमिटरको सिनेमाटिक टच स्क्रिन इन्फोटेन्मेन्ट, २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, भ्वाइस–असिस्टेड पानोरामिक सनरूफ, एम्बियन्ट लाइटिङ, भेन्टिलेटेड सिटजस्ता विशेषताहरू छन् ।

अटोप्रेमीहरूलाई प्रदर्शनीमै प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर छ। नाडा अटो शो २०२५ मा टाटाको स्टल अनुभव गर्ने प्रमुख गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो नाडा अटो शो २०२५ प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिक तन्त्रलाई एकै छानामुनि ल्याउनेछ।
 

nada-auto-show-tata-82-5-3a (1).jpg
nada-auto-show-tata-82-5-3a (2).jpg
nada-auto-show-tata-82-5-3a (3).jpg
nada-auto-show-tata-82-5-3a (4).jpg
nada-auto-show-tata-82-5-3a (5).jpg
nada-auto-show-tata-82-5-3a (6).jpg
nada-auto-show-tata-82-5-3a (7).jpg
nada-auto-show-tata-82-5-3a (8).jpg
nada-auto-show-tata-82-5-3a (9).jpg
nada-auto-show-tata-82-5-3a (10).jpg
nada-auto-show-tata-82-5-3a (11).jpg
nada-auto-show-tata-82-5-3a (12).jpg
nada-auto-show-tata-82-5-3a (13).jpg
nada-auto-show-tata-82-5-3a (14).jpg
nada-auto-show-tata-82-5-3a (15).jpg
nada-auto-show-tata-82-5-3a (16).jpg
nada-auto-show-tata-82-5-3a (17).jpg
nada-auto-show-tata-82-5-3a (18).jpg
nada-auto-show-tata-82-5-3a (19).jpg
nada-auto-show-tata-82-5-3a (20).jpg
nada-auto-show-tata-82-5-3a (21).jpg
nada-auto-show-tata-82-5-3a (24).jpg
nada-auto-show-tata-82-5-3a (25).jpg
nada-auto-show-tata-82-5-3a (26).jpg
nada-auto-show-tata-82-5-3a (27).jpg
nada-auto-show-tata-82-5-3a (28).jpg
nada-auto-show-tata-82-5-3a (29).jpg
nada-auto-show-tata-82-5-3a (30).jpg
nada-auto-show-tata-82-5-3a (31).jpg
nada-auto-show-tata-82-5-3a (32).jpg
nada-auto-show-tata-82-5-3a (33).jpg
nada-auto-show-tata-82-5-3a (34).jpg
nada-auto-show-tata-82-5-3a (35).jpg
nada-auto-show-tata-82-5-3a (36).jpg
nada-auto-show-tata-82-5-3a (37).jpg
nada-auto-show-tata-82-5-3a (38).jpg
nada-auto-show-tata-82-5-3a (39).jpg
nada-auto-show-tata-82-5-3a (40).jpg
nada-auto-show-tata-82-5-3a (41).jpg
nada-auto-show-tata-82-5-3a (42).jpg
nada-auto-show-tata-82-5-3a (44).jpg
nada-auto-show-tata-82-5-3a (43).jpg
nada-auto-show-tata-82-5-3a (58).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ