arrow

माछा मार्ने क्रममा खोलाले बगाउँदा राई बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
udayapur.png

उदयपुर । उदयपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा चौदण्डीगढी नगरपालिका वडा नं ६ सातघरेका ४५ वर्षीय दिलबहादुर राई छन् ।

सोमबार दिउँसो त्रियुगा खोलामा माछा मार्न जाने क्रममा उनी बेपत्ता भएका हुन् ।

बेपत्ता राईको आज पनि बिहानदेखि खोजी कार्य पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए । 

बेपत्ता राईको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ