arrow

मन्त्रालयको पत्रकार सम्मेलन

एक वर्षभित्र सहकारी समस्या समाधान गर्ने मन्त्री अधिकारीको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
mantri-adhikari.jpg

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी डेढ वर्षभित्रमा सहकारी क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने दाबी गरेका छन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारीलाई व्यवस्थित बनाउन र हिनामिना गर्नेहरूमाथि कारबाही गर्न विभाग सक्रिय रहेको बताए।

मन्त्री अधिकारीले सहकारीसँग आबद्ध दुई केन्द्रीय निकाय, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) र राष्ट्रिय सहकारी महासंघलाई, गाउँ तहसम्म पुगेर सहकारीको वास्तविक तथ्याङ्क संकलन गर्न आग्रह गरिएको जानकारी दिए। यसबाट राम्रो सहकारीलाई प्रोत्साहित गर्ने र समस्याग्रस्त सहकारीलाई नियमन गर्ने काम सहज हुने उनको भनाइ छ।

मन्त्री अधिकारीका अनुसार, हालसम्म समस्याग्रस्त सहकारीका ६,७०० जनाको रकम पूर्ण रूपमा भुक्तानी भइसकेको छ। त्यस्तै, ५६,००० जनाको आंशिक भुक्तानी भएको छ भने ४,००० भन्दा बढीको हिसाब मिलान र नगद भुक्तानी भइसकेको छ। एक वर्षको अवधिमा यो काम हुनु ठूलो उपलब्धि भएको उनको दाबी छ।

उनले समस्याग्रस्त घोषणा गरिएका २४ वटा सहकारीमध्ये ३ वटाको राफसाफ भइसकेको र २ वटाको राफसाफको क्रममा रहेको बताए। यस वर्षभित्र थप ५-७ वटा सहकारीको समस्या समाधान गर्ने र अर्को वर्षभित्र सबै समस्याग्रस्त सहकारीको राफसाफ गरिसक्ने योजना रहेको उनले जानकारी दिए।

उनले अब सहकारीको नियमन र समस्या समाधानको जिम्मा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले लिने र यो एक स्वायत्त निकाय भएकाले यसले प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ