arrow

चाँदी आयातमा डलर सटहीको सीमा बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
nepal-rastra-bank-new-81-5-27.jpg

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि डलर सटहीको सीमा बढाएर पाँच लाख अमेरिकी डलर पुर्‍याएको छ। यसअघि यो सीमा ३ लाख डलर थियो।

नयाँ व्यवस्थाअनुसार, चाँदीका गरगहना, कलात्मक वस्तु र भाँडाकुँडा बनाउने उद्योगहरूले आफ्नै प्रयोजनका लागि औद्योगिक कच्चा पदार्थका रूपमा चाँदी आयात गर्दा प्रतिपटक ५ लाख डलरसम्मको सटही सुविधा पाउनेछन्।

यसैगरी, अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रतिपटक १ लाख अमेरिकी डलर सम्मको सटही सुविधा लिन सक्नेछन्। यद्यपि, चाँदीका गरगहना निर्यात गर्ने व्यवसायीहरूका लागि राष्ट्र बैंकले केही शर्त तोकेको छ। उनीहरूले निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी, प्रतीतपत्र वा विदेशबाट खरिद आदेशको कागजात पेस गर्नुपर्नेछ।

सटही सुविधा दिने वाणिज्य बैंकले प्रत्येक पटक सुविधा प्रदान गर्नुअघि व्यवसायीले यसअघि लिएको सुविधाअनुसार आयात र निर्यात भए/नभएको यकिन गर्नुपर्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ