arrow

युरोपेली नेताहरू युक्रेन युद्ध अन्त्यका लागि दबाब दिन वासिङ्टनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
european-union.jpg

काठमाडौँ। रुसी आक्रमण अन्त्यका लागि दबाब दिन युरोपेली नेताहरू वासिङ्टन पुगेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच हालै भएको शिखर वार्तापछि युरोपेली नेताहरूले युक्रेनको पक्षमा माहोल सिर्जना गर्ने प्रयासस्वरूप यो भ्रमण गरेका हुन्।

सोमबार नै राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा भेटवार्ता गर्ने कार्यक्रम छ। ट्रम्पले पुटिनसँगको वार्तापछि तत्काल युद्धविराम सम्भव नभएको बताएका थिए। युक्रेन र यसका युरोपेली सहयोगीहरूले भने पुटिनको अडानलाई समय खर्च गर्ने र युद्धमा रुसको प्रगतिलाई निरन्तरता दिने रणनीतिका रूपमा आलोचना गरेका छन्।

बेलायती प्रधानमन्त्री केइर स्टार्मर, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज र नेटोका महासचिव मार्क रुट लगायतका नेताहरू ट्रम्पसँग युक्रेनबारे बृहत् छलफल गर्न र उनलाई युक्रेनको पक्षमा उभ्याउने अभियानका साथ वासिङ्टन पुगेका छन्। जर्मनीले 'युक्रेनमा द्रुत शान्ति सम्झौतामा चासो राख्ने' प्रयास गर्ने बताएको छ। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसल मा 'युद्धविरामका सम्झौताहरू प्रायः टिक्दैनन्' भन्दै यसको जटिलता औँल्याएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी-अमेरिकी सम्मेलनपछि यो परिवर्तनले ‘परिस्थितिलाई जटिल बनाएको’ बताएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै यदि मस्कोमा 'आक्रमण रोक्नका लागि सरल आदेश जारी गर्ने इच्छाशक्ति छ भने रुसले आफ्ना छिमेकीसँग शान्तिपूर्ण सहअस्तित्व कायम गर्ने बृहत् इच्छाशक्ति राख्ने धेरै प्रयास गर्न सक्छ' भन्दै कटाक्ष गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ