arrow

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध, पहिरो हटाउने काम हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १ आइतबार
mugling-landslide-road-stone-driver-dead.jpg

भरतपुर (चितवन)। सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा आज बिहान पहिरो गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, अहिले दुईवटा जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। उनले चट्टानसहितको पहिरो पन्छाएर केही समयभित्रै सडक सञ्चालनमा ल्याउने तयारी रहेको बताएका छन्।

पहिरोका कारण सडकको दुवैतर्फ ठूलो संख्यामा सवारीसाधन रोकिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ