arrow

एमालेले 'कुलिङ अफ पिरियड'मा छेडखानी गर्‍योः शेखर कोइराला

एमाले छलछाम गर्ने राजनीतिक दल भएको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३१ शनिबार
shekhar-koirala-31.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले संघीय निजामती ऐनमा रहेको 'कुलिङ अफ पिरियड' मा नेकपा एमालेले छेडखानी गरेको आरोप लगाएका छन्। उनले यसबारे अहिलेसम्म कुरा लुकाइए पनि अब लुकाउनुपर्ने आवश्यकता नरहेको बताए।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कोइरालाले राष्ट्रियसभामा एमालेका सांसदहरूले कुलिङ पिरियड हटाउनका लागि संशोधन प्रस्ताव हालेको बताए। पत्रकारले यसको कारण सोध्दा एमाले सांसदहरूले 'माथिको निर्देशन' भनेकाले अब यो कुरा लुकाउन आवश्यक नभएको उनको भनाइ थियो। उनले एमाले छलछाम गर्ने राजनीतिक दल भएको पनि आरोप लगाए।

उनले भने, ‘यसमा लुकेको केही छैन, अहिलेसम्म हामीले लुकायौँ अब लुकाउनुपर्ने आवश्यकता छैन । किन छैन भने राष्ट्रिय सभामा एमालेका सांसदहरुले कुलिङ पिरियड हटाउनुपर्छ भनिकन उहाँहरुले संशोधन प्रश्ताव हालिसकेपछि किन त्यस्तो संशोधन हालेको भनेर पत्रकारले सोध्दा हामीलाई माथिको निर्देशन छ भने । एमाले त छलकपट गर्दौ रहेछ । त्यसमा पनि दुई मत छैन ।’

डा. कोइरालाले देशमा सुशासनको अवस्था शून्यजस्तै रहेको र भ्रष्टाचार दिन प्रतिदिन बढिरहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ