सामाजिक सञ्जाल विधेयकप्रति कांग्रेसको विमति, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न नदिने महामन्त्री शर्माको भनाइ [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
899
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनी प्रावधानको पार्टीले विरोध गर्ने बताए।
महामन्त्री शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रस्तावित विधेयकप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनले दुई व्यक्तिबीचको टेलिफोन वार्तासमेत सुन्नसक्ने खालको कानुन आउन लागेको र त्यसको सम्भावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाए। उनले भने, "सरकारमा हुँदा पनि हामीले नराम्रा कुरामाथि प्रहार गर्छौं। अहिले हामी सरकारमा छौँ, तर सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित हुने विषयमा हाम्रो प्रष्ट विमति छ।"
उनले कांग्रेसको प्राथमिकता समाजमा फैलिएको निराशा र भ्रमलाई चिरेर सकारात्मकता र आशा फैलाउनुपर्ने रहेको बताए। उनले सूचना र प्रविधिको बढ्दो दुरुपयोग रोक्न सरकार गम्भीर हुनुपर्नेमा पनि जोड दिए।