एमएफएन च्याम्पियन ढाँटलाई पाँच लाख र प्रशिक्षकलाई दुई लाख प्रदान गरिने
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २८ बुधबार
755
Shares
काठमाडौँ। म्याट्रिक्स फाइट नाइट (एमएफएन) बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरूप रु पाँच लाख प्रदान गरिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत यो जानकारी दिँदै गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार ढाँटलाई उक्त रकम दिइने बताएका छन्। उनले च्याम्पियन ढाँटका प्रशिक्षकलाई पनि रु दुई लाख प्रदान गर्ने निर्णय भएको जानकारी दिएका छन्।
गत शनिबार भारतमा भएको प्रतिस्पर्धामा रवीन्द्रले भारतीय च्याम्पियन चुनरेङ कोरेनलाई पराजित गरेका थिए।