arrow

कालीगण्डकी ‘करिडोर’ तीन दिनदेखि ठप्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
kaligandaki-caridor-pahiro.jpg
फाइल तस्बिर

बागलुङ । अविरल वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी ‘करिडोर’को बागलुङ खण्ड तीन दिनदेखि ठप्प बनेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका-१३ कालाखोला बगरमा शनिबार चट्टानसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक खुलाउन आइतबार दिनभर दुई स्काभेटर प्रयोग गरे पनि पहिरो ठूलो भएकाले अहिलेसम्म सडक खुलाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

उक्त खण्डमा यातयता ठप्प हुँदा यात्रुलाई समस्या भएको छ ।

ठूला-ठूला चट्टानसहितको पहिरो खसेका कारण सडक खुलाउन समस्या भइरहेको छ ।

कालीगण्डकी करिडोर आयोजनासँग समन्वय गरेर साेमबार बिहानैदेखि पहिरो पन्छ्याउने काम पुनः थालिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ