सुनसरीमा दुई सवारी साधन एकापसमा ठोक्किए, तीन जनाको मृत्यु, १५ घाइते
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
661
Shares
धरान (सुनसरी)। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३, जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान दुई सवारी साधन एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार, काँकडभिट्टाबाट दिक्तेल जाँदै गरेको मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा ज्यान गुमाएकाहरूको पहिचान खुल्न सकेको छैन।
घाइतेहरूको इनरुवा, विराटनगर न्यूरो र नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालक गोपाल अधिकारीलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।