arrow

पशुमा लम्पी स्कीन र खरी रोगको प्रकोप बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
Lumpy-skin-disease.png

बैतडी । बैतडी जिल्लाका पशुहरूमा लम्पी स्कीन र खरी रोग पुनः देखा पर्न थालेको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानी पन्तले सबै स्थानीय तहमा यी रोगहरूबाट पशुहरू संक्रमित भइरहेको जानकारी दिएका छन्।

प्रमुख पन्तका अनुसार, खरी रोग विशेष गरी दूधालु भैँसीहरूमा जाडो र गर्मी समयमा तथा पहाडी क्षेत्रमा बढी देखिने गर्छ। यो रोग लागेपछि पशु दुब्लाउँदै जाने र दूध उत्पादन घट्ने हुन्छ। यस रोगमा सारकोप्टिक माइटले छालाभित्र आक्रमण गर्ने भएकाले यो निकै कष्टदायक हुन्छ। यसले गर्दा छालामा पाप्रा देखिने, घाउ हुने र छाला खस्रो तथा सुख्खा हुने लक्षणहरू देखिन्छन्।

नेपाल कृषि अनुसन्धान परिषद्ले २०४५ सालदेखि यस रोगमाथि अनुसन्धान गरिरहेको भए पनि अहिलेसम्म ठोस उपचार पद्धति विकास हुन सकेको छैन। पन्तले भने, "सन्तुलित आहार, गोठ र पशुको सरसफाइमा ध्यान दिन सकेमा यो रोग निको हुन जान्छ।" उनले पशु प्राविधिक तथा चिकित्सकसँग नियमित परामर्शका लागि आग्रह गरेका छन्।

जिल्लामा लम्पी स्कीनको सङ्क्रमण पनि देखिन थालेको छ। यो रोग लागेका पशुहरूलाई १०४ डिग्रीभन्दा माथि ज्वरो आउने, शरीरमा साना-ठूला फोकाहरू निस्कने, खुट्टा, पातो र घाँटीको भाग सुन्निने तथा घाँस खान छाड्नेजस्ता लक्षणहरू देखा पर्छन्।

पशुसेवा विज्ञ केन्द्रका अनुसार, यो रोग नियन्त्रण गर्नका लागि खोप आवश्यक छ। साथै, लम्पी स्कीन सरेको पशुलाई अन्य पशुबाट टाढा राखेर सावधानी अपनाउन जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ