देशभर बदली, पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
677
Shares
काठमाडौँ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज देशभर मौसम बदली रहनेछ। मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने केही क्षेत्रमा भारी वर्षाको पनि सम्भावना छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेशलगायत बाँकी तराईका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशको तराईको भू-भागका एक-दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको विभागले जनाएको छ।
त्यसैगरी, आज राती देशभर सामान्य बदली रहनेछ। मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। यसका साथै, कोशी प्रदेशको पहाडी भू-भाग, मधेश प्रदेश, कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रका बासिन्दाहरूलाई सतर्कता अपनाउन र आवश्यक सावधानीका उपायहरू अपनाउन अनुरोध गरिन्छ।