arrow

केएमसीको स्वास्थ्य टोली धुम्बाराहीमा, साढे पाँच सयको निःशुल्क परीक्षण 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
kmc-82-4-25.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको धुम्बाराहीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । 

आध्यात्मिक परोपकार संस्था र धन्वन्तरी स्पोर्टस् हबको आयोजनामा काठमाडौँको धुम्बाराहीमा भएको स्वास्थ्य शिविरमा ५ सय ३८ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा १३५ जनाको ल्याब परीक्षण, १०९ जनाको भिडियो एक्सरे, ८१ जनाको ईसीजी गरिएको थियो । 

११ जनाको दाँत खोलिएको थियो भने १९ जनालाई थप उपचारका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ