भ्रष्टाचार नै हाम्रो संस्कृति जस्तो भयो - सांसद गौतम
यसलाई रोक्न पेपरलेस र फेसलेस प्रणालीमा जानुपर्छ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
2.1k
Shares
काठमाडौँ। नेपाली काँग्रेसका सांसद सञ्जय गौतमले नेपालमा भ्रष्टाचार अहिले संस्कृतिजस्तै भएको र यसलाई रोक्न मुलुकलाई पेपरलेस (कागजविहीन) र फेसलेस (आमने-सामने सम्पर्कविहीन) प्रणालीमा लैजानुपर्नेमा जोड दिएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो धारणा राखेका हुन्।
सांसद गौतमले हालको प्रणाली नै भ्रष्ट भइसकेको भन्दै पारदर्शिताको अभाव नै भ्रष्टाचारको मूल कारण भएको बताए। उनले भ्रष्टाचार र बेरुजुबाट मुक्ति पाउन उच्चतम प्रविधिको प्रयोग गरेर देशलाई डिजिटल युगमा लैजानुपर्ने बताए।
उनले सार्वजनिक लेखा समितिलाई पनि सरकारलाई तत्कालै पेपरलेस र फेसलेस प्रणालीमा जान निर्देशन दिनुपर्ने सुझाव दिए। साथै, उनले बेरुजुको असुलउपरलाई तीव्रता दिन सबै सरोकारवाला निकायले मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए।