arrow

लेखा समिति

राजनीतिक नेतृत्वले नै कर्मचारीलाई पंगु बनाए – अमरेशकुमार सिंह

मन्त्रीहरूको निर्देशनबाहेक अरू कुनै काम नगर्ने र मन्त्रीहरूको निवासमा धाउने प्रवृत्ति सचिवहरूमा बढेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
amreshs.jpg

काठमाडौँ। स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मुलुकमा राजनीतिक नेतृत्वले नै कर्मचारीतन्त्रलाई कमजोर बनाएको बताएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले मन्त्रीहरूको निर्देशनबाहेक अरू कुनै काम नगर्ने र मन्त्रीहरूको निवासमा धाउने प्रवृत्ति सचिवहरूमा बढेको आरोप लगाए।

सांसद सिंहले कर्मचारीलाई आफ्नो आत्मसम्मान गुमाएर मन्त्रीको 'गोटी' नबन्न आग्रह गरे। उनले देश र व्यवस्थालाई बचाउने जिम्मेवारी अहिले कर्मचारीतन्त्रको काँधमा आएको भन्दै देश बचाउन भूमिका खेल्न आग्रह गरे।

उनका अनुसार, अहिले नेपालमा मिलेमतोमा भ्रष्टाचार बढेको छ, जसको प्रत्यक्ष असर बेरुजुको बढ्दो संख्यामा देखिएको छ। उनले भ्रष्टाचार र बेथिति बढेका कारण विदेश जाने युवाको संख्या पनि बढिरहेको बताए। सांसद सिंहले प्रदेशहरू भ्रष्टाचारको अखडा बनेको र साधारण खर्चमा नेपाल एसियाकै शीर्ष स्थानमा पुग्न लागेको पनि दाबी गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ