arrow

करेन्ट लागेर एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
current-hanga.jpg
फाइल तस्बिर

सप्तरी । सप्तरीमा शुक्रबार बिहान करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका वडा नं ३ कटैयाका शम्भुकुमार इसर छन् । 

गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छोइँदा इसरलाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

यस वर्ष वर्षा कम हुँदा किसान विजुलीको तार जोडेर मोटरमार्फत जोखिम मोलेर खेतमा पानी लगाउन बाध्य छन् ।

यसका कारण यस वर्ष मुलुकका विभिन्न स्थानमा दर्जन बढीले ज्यान गुमाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ