arrow

धरानमा पहिरोले एक घरमा क्षति, बाह्र घर जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २३ शुक्रबार
Dharan_Sunsari.jpeg

धरान (सुनसरी)। तीन दिनदेखि परेको अविरल वर्षाका कारण धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा पहिरो जाँदा एक घरमा क्षति पुगेको छ भने १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्।

राति करिब १:३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पुर्याएको हो। भोटेले भने, “राति ठूलो आवाज आयो, भूकम्प हो कि भन्ने डर लाग्यो। बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो र घरको माथिल्लो भाग पुरियो।”

स्थानीय कौशल श्रेष्ठका अनुसार, वर्षा सुरु भएदेखि नै पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको छ। वडासदस्य मिङ्मा भोटेले वडाको विपद् व्यवस्थापन बजेट र नगरपालिकाको सहयोगमा पहिरो रोकथामका लागि पर्खाल निर्माण गर्ने योजना रहेको बताए।

गत वर्ष पनि सोही क्षेत्रमा पहिरो गएपछि वडा र नगरपालिकाले बजेट छुट्याएर रोकथामको प्रयास गरेका थिए। अहिले वडा कार्यालयले क्षतिको विवरण सङ्कलन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ