arrow

अष्ट्रेलियामा हुने टप एण्ड टी–२० खेल्ने नेपाली टोलीको फिटनेस र फिजिकल टेष्ट [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
cricket-t20-training.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । यही साउन २९ गते बिहीबारदेखि अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टी–२० सिरिजका लागि घोषणा भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीको आज फिटनेस र फिजिकल टेष्ट भएको छ ।

आज बिहान सातदोबाटोस्थित स्पोर्टस साइन्स एण्ड रिसर्च सेन्टर एण्ड हाइ पर्फमेन्स सेन्टरमा फिटनेस र फिजिकल टेष्ट भएको हो ।

१६ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेश बम र ललित नारायण राजवंशी रहेका छन् ।

अस्ट्रेलियन टप एन्ड टी–२० सिरिजमा नेपालसहित ११ टोली सहभागी छन् भने यसमा नेपालले लिग चरणमा ६ खेल खेल्नेछ ।

नेपालले यो प्रतियोगिता आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा खेल्न लागेको हो।

नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग पनि टी–२० आई श्रृड्ंखला खेल्दैछ ।

 

nepali-t20-fitness-2082-4-22 (1).jpeg
nepali-t20-fitness-2082-4-22 (2).jpeg
nepali-t20-fitness-2082-4-22 (3).jpeg
nepali-t20-fitness-2082-4-22 (4).jpeg
nepali-t20-fitness-2082-4-22 (5).jpeg
nepali-t20-fitness-2082-4-22 (6).jpeg
nepali-t20-fitness-2082-4-22 (7).jpeg
nepali-t20-fitness-2082-4-22 (8).jpeg
nepali-t20-fitness-2082-4-22 (9).jpeg
nepali-t20-fitness-2082-4-22 (10).jpeg
nepali-t20-fitness-2082-4-22 (11).jpeg
nepali-t20-fitness-2082-4-22 (12).jpeg
nepali-t20-fitness-2082-4-22 (13).jpeg
nepali-t20-fitness-2082-4-22 (14).jpeg
nepali-t20-fitness-2082-4-22 (15).jpeg
nepali-t20-fitness-2082-4-22 (16).jpeg
nepali-t20-fitness-2082-4-22 (17).jpeg
nepali-t20-fitness-2082-4-22 (18).jpeg
nepali-t20-fitness-2082-4-22 (19).jpeg
nepali-t20-fitness-2082-4-22 (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ