arrow

संसदीय समितिमा भूमि र शिक्षा विधेयकमा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। आज एकै दिन तीनवटा संसदीय समितिको बैठक बस्दैछ, जसमा विभिन्न महत्त्वपूर्ण विधेयक र निर्देशनहरूमाथि छलफल हुनेछ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे बस्नेछ। यो बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि दफावार छलफल हुनेछ।

सोही समयमा अर्थात् बिहान ११ बजे नै महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्नेछ। यसमा समितिले यसअघि दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्थाबारे छलफल गरिनेछ।

त्यस्तै, दिउँसो २ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ। यस बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ