सिँचाइ गर्ने क्रममा करेन्ट लागेर झापामा एक महिलाको मृत्यु
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
612
Shares
बनियानी (झापा)। झापाको गौरादह नगरपालिका-४, जोरघरेमा गए राति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। खेतमा मोटरबाट सिँचाइ गर्ने क्रममा सो दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, मृत्यु हुनेमा ५४ वर्षीया चन्द्रमाया नेम्वाङ रहेकी छन्। सिँचाइ गरिरहेका बेला करेन्ट लागेर उनी लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेका थिए।
यस घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ।