arrow

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
pahiro-madhyapahadi-lokmarga.jpg

ढोरपाटन (बागलुङ)। लगातारको वर्षाका कारण आएको पहिरोले काठेखोला गाउँपालिका-६ ताराखसेमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको यो सडक गए रातिदेखि नै अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाका अनुसार, सडकमा लेदोसहितको पहिरो खसेपछि पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङबाट पोखरा र काठमाडौँतर्फ जाने सवारीसाधनहरू रोकिएका छन्।

सडक खुलाउनका लागि प्रहरी टोली परिचालन गरिए पनि पहिरोको प्रकृति हेर्दा तत्काल खुलाउन सम्भव नभएको उनले बताए।

अहिले पहिरो पन्छाएर सवारी आवागमन सञ्चालन गर्नका लागि लोकमार्ग कार्यालयसँग समन्वय भइरहेको छ। सडक खुल्न अझै केही समय लाग्ने देखिएको छ।

पहाडी क्षेत्रमा वर्षायाममा यस्ता पहिरोको जोखिम बढी हुन्छ। यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिनु जरुरी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ