arrow

उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २० मंगलबार
Udayapur-hamrakura.jpeg

उदयपुर (गाईघाट)। तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका नगरपालिका उच्च जोखिममा परेको छ। बेलका–२, ३, ६, ८ र ९ वडाका सप्तकोशी आसपासका गाउँहरूमा बाढी र डुबानको जोखिम बढेको हो।

नदीको बहाव बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वमा सुरक्षाकर्मीको टोलीले डुबान र कटानको जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अवलोकन गरेको छ। अवलोकनपछि लुइँटेलले स्थानीय बासिन्दालाई सतर्क रहन र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गरेका छन्।

बेलका नगरपालिकाका उपप्रमुख जिरा राईका अनुसार, कोठु, डुम्रीबोट र सिसौलीलगायतका क्षेत्रमा पानीको बहाव नदी किनारबाट बाहिर आउन थालेकाले स्थानीयवासीलाई विशेष सावधानी अपनाउन भनिएको छ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलले कुनै पनि विपद्को घटना भएमा तत्काल उद्धार तथा राहतमा खटिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको बताएका छन्। जिल्ला प्रशासन, सुरक्षा निकायका प्रमुख र स्थानीय जनप्रतिनिधिहरूको टोलीले मिलेर पूर्वतयारीका कामहरू सुरु गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ