डाँकाको समूहद्वारा कन्तलालको हत्या, नौ आरोपी पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
685
Shares
राजविराज (सप्तरी)। सप्तरीको सुरुङ्गा नगरपालिकामा गत जेठ २२ गते राति डाँकाको समूहले हत्या गरेका कन्तलाल चौधरीको हत्यामा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको करिब दुई महिनापछि प्रहरीले उनीहरूलाई पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय राजविराजका प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार, पक्राउ पर्नेहरूमा सप्तरी, उदयपुर र सिरहाका विभिन्न स्थानका नौ जना छन्। उनीहरूमा राजेशकुमार मरिक, सञ्जय मरिक, दीपेन मरिक, हरिकिसुन मरिक, दीपक मरिक, चन्दर मरिक, राजुकुमार बिक, महेन्द्र गोड्से र उमेश साह सोनार रहेका छन्।
पक्राउ परेका सबैमाथि डाँका तथा कर्तव्य ज्यान मुद्दा चलाइएको छ र थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ। प्रहरीले उनीहरूको साथबाट मृतकको घरबाट लुटिएको गरगहना, एक थान कटुवा पेस्तोल, दुई राउन्ड गोली र एक थान खुकुरी पनि बरामद गरेको छ।