arrow

राजनीति सेवाका लागि हो : कावा प्रधानमन्त्री सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
prakashman-sing-gandaki.jpg

पोखरा । कार्यवाहक प्रधानमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले राजनीति सेवाका लागि हो भन्ने भावना हुनु जरुरी रहेको बताएका छन् । 

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्वले जनताको मन जित्न सक्नुपर्ने बताए ।

नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गरेका सन्दर्भमा पार्टीका महाधिवेशन, महासमिति, पालिका आदिमा नेतृत्व चयनमा बुझेका र योगदान गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्ने उनको भनाइ छ ।

पार्टीबाट लिनेभन्दा पनि योगदान गर्नसक्ने व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने उल्लेख गर्दै उनले जिम्मेवारी र इमान्दारिता आत्मसात् गर्नसक्ने व्यक्तिलाई अवसर दिनुपर्ने आवश्यकता औँल्याए ।

नेपाली कांग्रेस र नेकपा (एमाले)को वर्तमान गठबन्धन सरकार समय परिस्थितिले गठन भएको उल्लेख गर्दै उनले सरकारमा जानु भनेको जनताका एजेन्डा उठान गर्नका लागि भएको स्पष्ट पारे ।

पार्टीलाई नियमसङ्गत ढङ्गले संस्थागत गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टी बलियो भयो भने पार्टीका स्थापनाकालीन सपनालाई पूरा गर्न सहयोग पुग्ने बताए ।

हरेक प्रजातान्त्रिक आन्दोलनले हासिल गरेका उपलब्धिलाई संस्थागत गर्नु जरुरी भएको उनको भनाइ छ । 
हामीले परिवर्तनबाट प्राप्त गरेका अधिकारको मूल्य बिर्सन नहुने बताउँदै उहाँले मूल्यमान्यताको राजनीतिबाट विमुख बन्न नहुने बताए ।

नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले पार्टीका ऐतिहासिक विरासतलाई बिर्सदै जाँदा पार्टी सङ्गठन कमजोर बनिरहेको बताए । 

पछिल्लो समयमा भ्रष्टाचार बढिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणसँगै जनताको अपेक्षालाई सम्बोधन गर्ने ढङ्गबाट सरकार अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ