arrow

‘कुलिङ पिरियड’ छानबिन समितिको प्रतिवेदन सोमबार प्रतिनिधि सभामा पेश हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
pariyar-2.jpg

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा भएको विवादबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदन सोमबार प्रतिनिधि सभाको बैठकमा पेस गर्ने तयारी गरेको छ।

समितिका सभापति जीवन परियारले आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै समितिको काम अन्तिम चरणमा पुगेको र आज (आइतबार) साँझसम्म प्रतिवेदनलाई अन्तिम रूप दिने जानकारी दिएका छन्। उनले भोलिको बैठकमा प्रतिवेदन पेस गरिने बताए।

यो विशेष समिति गत असार २३ गते प्रतिनिधि सभाले गठन गरेको थियो। समितिले सुरुमा पाएको २१ दिनको समयपछि थप ७ दिनको म्याद थप गरिएको थियो, जुन आज सकिँदैछ। समितिले विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था किन र कसरी परिवर्तन गरियो भन्ने लगायतका चारवटा मुख्य कार्यादेशमाथि छानबिन गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ