arrow

‘हाई मास्ट लाइट’ जडान

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
high-mask-light.jpg

पाल्पा । रामपुर नगरपालिकाको बेझाड बजार क्षेत्रमा सुरक्षा र सौन्दर्यीकरणका लागि ‘हाई मास्ट लाइट’ जडान गरिएको छ । 

बजार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण, शान्ती सुरक्षा तथा सौन्दर्यीकरणका लागि लाइट जडान गरिएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । 

“बजार क्षेत्रमा धेरै मानिसको आवागमन हुने र विभिन्न सम्भावित आपराधिक घटना हुन नदिन स्वचालित व्यवस्थासहितको हाई मास्ट लाइट जडान गरिएको छ, यसको विद्युत् महशुल भुक्तानीलगायत व्यवस्थापन नगरपालिकाले गर्नेछ”, उनले भने । 

नगरपालिकाको मागअनुसार लुम्बिनी प्रदेश ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रलायमार्फत रु छ लाख बराबरको लागतमा १६ मिटर उचाइँ, दुई हजार ४०० वाट क्षमताका लाइट जडान गरिएको छ । 

उज्यालो सहरअन्तर्गत विभिन्न स्थानका सडक र चोकमा सडक बत्ति जडान गरिएको नगरपालिकाले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ