arrow

प्रहरीको 'अप्रेसन'मा काठमाडौँबाट ४७ जना आपराधिक कार्यमा संलग्न व्यक्ति पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
nepal-police12.jpg

काठमाडौँ। नेपाल प्रहरीले राजधानी काठमाडौँमा आपराधिक गतिविधिमा संलग्न ४७ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रूपमा चलाएको 'अप्रेसन'को क्रममा बिहीबार राति उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार, ठमेल र महाराजगन्ज क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमध्ये 'गुण्डा नाइके' चक्रे मिलनसहित अन्य आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू छन्।

प्रहरीका अनुसार, यी व्यक्तिहरू रेस्टुरेन्ट र क्लबहरूमा झगडा गर्ने र हप्ता (हप्ता असुल्ने) जस्ता कार्यमा संलग्न थिए। सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको बस्नेतले बताएका छन्।

प्रहरीले बिहीबार बिहान ३ बजेतिर ठमेलको एक दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइलाई पनि पक्राउ गरेको जनाएको छ। उनी नर्सिङ चोकस्थित नगरकोट दोहोरीमा अर्को समूहसँग झगडा गरेको आरोपमा पक्राउ परेका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ